काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको आगामी साउनमा कार्यकाल सकिँदै छ । सम्मानजनक बिदाइ (ग्रेसफुल एक्जिट)को पर्खाइमा रहेका कुलमानमाथि काम नगरेको अटेर गरेको जस्ता अनेकन् आरोप लगाएर उर्जामन्त्री दीपक खड्का एकोहोरो खनिएको खनियै छन् । उर्जामन्त्री खड्काले आफ्नो स्वार्थ अनुकुलका काममा घिसिङको साथ नपाएदेखिनै उनीसँग रुष्ट बनेका हुन् ।
घिसिङलाई हटाउन र गलाउन अनेक हत्कण्डा अपनाइरहेका उर्जामन्त्री यतिसम्म तल उत्रिएका छन् कि भारतले नेपाललाई दिईरहेको विद्युत कटौतिमा आपूर्ति मिलान गर्न जुधिरहेका घिसिङलाई साथ दिनुको साटो अब लोडसेडिङ हुँदैछ भनेर भाषण गर्दै हिँडिरहेका छन् । व्यवसायिक पृष्ठभूमिका उर्जामन्त्री खास गरेर प्राधिकरणमा आफू अनुकुलका पात्र ल्याउन चाहिरहेका छन् । तर कुलमान टसमस भएका छैनन् ।
यसैबीच कुलमान हटि पो हाल्छन् कि भनेर विद्युत प्राधिकरणकै विवादित पूर्व एमडी महेश काफ्ले यतिखेर दिनहुँ जसो उर्जामन्त्री खड्कालाई भेट्न मन्त्री क्वार्टरमा धाइरहेको पाइएकोछ । स्रोतका अनुसार अनेकन् स्वार्थका ललिपप देखाएर काफ्ले उर्जामन्त्रीसँग नजिकिन खोजिरहेका छन् । उनी बिहान बेलुकी मन्त्रालयमा धाइरहेका छन् । विद्युत प्राधिकरणका पूर्व एमडी मुकेश काफ्ले तीनै व्यक्ति हुन् जसले सर्वसाधारण १६ घण्टासम्म लोडसेडिङको मारमा बसेको बेला उदोगीहरुलाई अविछिन्न विजुली प्रदान गरेका थिए । कमिशनको खेलमा लागेका उनी ठूला उद्योगीहरुलाई माग गरेबमोजिम तोक आदेश दिएरै बिजुली भरमार पुर्याउन उद्दत हुन्थे ।
त्यस्तै विद्युत प्राधिकरणका बहालवाला प्रबन्ध निर्देशक हटिहाले या निबृत्त भए प्रबन्ध निर्देशक बन्ने दाउ हेरेर बसिरहेका अर्का पात्र हुन् विवादित छवि र कमजोर कार्य सम्पादनको उपमा पाएका पूर्वसचिव अर्जुन कार्की । स्वार्थ प्रेरित व्यापारिक समूहको काँधमा चढेर प्राधिकरण पुग्न खुट्टा उचालेका कार्की पनि उर्जामन्त्रीको हात मोलिरहेका छन् । दुई पटक प्राधिकरणको नेतृत्व सम्हाल्दा विवादित छवि बनाएका कार्की पुनः प्राधिकरणमा फर्किने हल्लापछि सत्ता गठबन्धनभित्र तीब्र विरोध भएको पाइएको छ ।
कुलमानलाई हदैसम्म गलाएर हटाउने ध्याउन्नमा लागेका उर्जामन्त्रीको कार्यशैलीलाई लिएर सडकदेखि सदनसम्म मन्त्री विरुद्ध आवाज उठ्न थालेपछि उर्जामन्त्री खड्का थोरै अत्तालिएका छन् । कुलमानको अवकाश पछि आफ्नो कार्यकाल यही हिसावले अघि बढे साउनपछि उर्जामन्त्री आफू पनि चोखिने मुडमा देखिएको छ ।उनी अहिले एमडी बन्ने दौडधूपमा लागेका विवादित दुवै पात्र कार्की र काफ्लेलाई पाखा लगाएर हाल उर्जा विज्ञका रुपमा चिनिएका प्रवल अधिकारीलाई एमडी बनाउने सोचमा रहेको स्रोतले बताएको छ । अद्दिधकारी इलेक्टिकल ईन्जिनीयरिङमा स्नातकोत्तर गरेका नेपाल विद्युत प्राधिकरणबाट उप कार्यकारी निर्देशक पदबाट निवृत्त भएका व्यक्ति हुन् । उनी झण्डै तीन दशकदेखि नेपालको उर्जा क्षेत्रको विकासमा क्रियाशिल छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !