काठमाडौ । नेपालले निर्यात ब्यापारमा केही सुधार गरेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको मासिक तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।
यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । बनस्पति तेल, सोयाविन तेल, सनफ्लावर तेल लगायतको निर्यात बढ्दा मुलुकले निर्यात ब्यापारमा छलाङ मारेको छ । कार्पेट तथा टेक्सटायलले पनि निर्यात व्यापार बढाउँन सघाउ पुगेको भन्सार विभागले जनाएको छ । विगतका बर्षको तुलनामा निर्यात व्यापारमा सुधार देखिएपनि आयात निकै उच्च हुँदा यो निर्यात व्यापारमा सन्तोष मानेर बस्न सक्ने अवस्था छैन । नेपालको अयात ११ खर्ब ४५ अर्ब पुगेको छ ।
यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ११.२० प्रतिशतले बढी हो । आयात निर्यातको अनुपालताई आधार मान्दा मुलुकको वैदेशिक व्यापारघाटा अहिले ९ खर्ब ८७ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । यो आठ महिनामा सबैभन्दा धेरै डिजेल आयात भएको छ । डिजेल ८ लाख ७१ हजार ३ सय ९९ किलोलिटर आयात भएको विभागले जनाएको छ । यो भनेको ७८ अर्ब ८६ करोड रुपैयाँ बराबरको आयात हो । यस्तै कच्चा सोयाबिन तेल र पेट्रोलको आयात पनि उच्च देखिन्छ । यसका लागि करिब १ खर्ब बाहिरिएिको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !