काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा सकिएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएपछि पोखराका सडकहरुमा विद्यार्थीको भीड देखिएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २ हजार ७९ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् ।
यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !