काठमाडौ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुन सुयोग श्रेष्ठ चयन भएका छन् । उनी सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुनु । आज पोखरामा भएको एशोसियसनको १९ औं वार्षिक साधारणसभाले उपाध्यक्षमा कामना सेवा विकास बैंकका सिइओ दिनेश थकालीलाई चयन गरेको छ ।
गरिमा विकास बैंकका सिईओ माधब प्रसाद उपाध्याय सचिव भएका छन् भने कोषाध्यक्ष कपिल ढकाल (सिईओ ज्योति विकास बैंक)बनेका छन् । सदस्यहरुमा नरेश सिंह बोहरा (लुम्बिनी विकास बैंक), प्रकाश पौडेल (साइन रेसुंगा डेभलपमेण्ट बैंक), दिपेश लम्साल (महालक्ष्मी बिकास बैंक ), हरिबहादुर बुढाथोकी (ग्रिन डेभलपमेण्ट बैंक) र दिनेश पोखरेल (सप्तकोशी डेभलपमेण्ट बैंक ) रहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !