काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ । आज एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । सोमबार खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा रहेको थियो ।
आज युरोपियन युरोको भाउ पनि थोरैले घटेको छ । आज युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा कायम भएको छ । सोमबार युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा रहेको थियो ।
यस्तै आज, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २६ पैसा र बिक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !