काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १ अर्ब रुपैयाँ भन्द्या बढी लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । यहि चैत १० गतेदेखि आगामी वर्ष (२०८२) चैत ९ गतेसम्म ३६६ दिने मुद्दती निक्षेपमा राख्ने भएकोल बैंक तथा वित्तिय संस्थालाई आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर सहित प्रस्ताव माग गरेको छ ।
भोली (चैत ५) साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । ९२ करोड रुपैयाँ क वर्गको बाणिज्य बैंकमा, १७ करोड २५ लाख रुपैयाँ ख बर्गको विकास बैंकमा र ५ करोड ७५ लाख ग वर्गका फाइनान्स कम्पनीमा राखिने भएकाले सोही बमोजिम प्रस्ताव गर्न केन्द्रिय बैंकले भनेको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ । यस्तै । बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात कायम गरेको हुनुपर्ने केन्द्रिय बैंकले भनेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !