काठमाडौ । नेपाल राष्ट्र बैंकले ’वासेल ३’ को पूर्ण कार्यान्वयनको लागि मस्यौदा तयार गरेको छ । वासेल ३ लिक्विडिटि फ्रेमवर्क अन्र्तगतको लिक्विडिटि कभरेज रेसियो तथा नेट स्ट्याबल फण्डिङ रेसियोको सम्बन्धमा वासेल ३ फ्रेमवर्क वन लिक्विडिटि स्ड्याण्डर्ड मस्यौदा बनाएको हो । केन्द्रिय बैंकले सो मस्यौदा उपर राय सुझाव माग गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘वासेल ३’ लाई समयसापेक्ष अन्तर्राष्ट्रिय बनाइने उल्लेख गरेको केन्द्रिय बैंकले मस्यौदा तयार गरेको हो । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरूले कायम गर्नुपर्ने तरल सम्पत्ति र तरलतासम्बन्धी अनुपातहरूलाई समेटेर ’वासेल फ्रेमवर्क अन लिक्विडिटी स्ड्याण्डर्ड’ मस्यौदा बनाएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरू तरलतासम्बन्धी समस्याबाट गुज्रनु नपर्नेगरी यस्तो व्यवस्था ल्याउन लागेको राष्ट्र बैंकले भनेको छ।राष्ट्र बैंकले तरलता दुई प्रकारले मापन गर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत लिक्विडिटी कभरेज रेसियो (एलसीआर) ले ३० कार्यदिनसम्म बाहिरिने नगदबराबरको अधिक तरलत सम्पत्ति (हाइ क्वालिटी लिक्विड एसेट्स, एचक्वयुएलए) कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
अर्को नेट स्ट्याबल फण्डि रेसियो (एनएसएफआर) हो ।चैत मसान्तभित्रमा सुझाव प्रस्तुत गर्न राष्ट्र बैंकले भनेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !