काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । आज नेप्से परिसूचक २.७० विन्दुले घटेर २८१८.४३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा चार उपसमूहको परिसूचक बढेका छन् भने बाँकि नौ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूह विकास बैंक उपसमूह १.८६ प्रतिशतले बढेको छ भने सर्वाधिक घट्ने उपसमूहमा जीवन बिमा उपसमूह रह्यो जसको परिसूचक ०.८० प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ९७ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९३ हजार आठ सय ९५ पटकको कारोबारमा १० अर्ब १० करोड बराबरको किनबेच भएको छ । जसमा १०० कम्पनीका शेयर बढेका छन् भने १३१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी १२ कम्पनीका शेयर स्थिर रहेका छन् ।
बिहिबार सर्वाधिक बढ्ने स्टकमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा नबिल डिबेन्चर २०८२ रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको एक अर्ब १२ करोड बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावर रह्यो जसको १० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !