काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी, सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते बुधबार, लिपनिविर्ता स्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !