काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहीबार मध्यरातमा एक फेसबुक स्ट्याटस पोष्ट गरेका छन् । जसको अधिकांशले बालेनको शाहस भन्दै फलोअर्सहरुले प्रसंशा गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै शाहले आफ्नो देशलाई विश्वबाट अलग गर्ने र विश्वलाई अगाडि बढ्न दिने सल्लाह समेत दिएका छन् । शाहले डीभी कार्यक्रम बन्द गर्न समेत आग्रह गरेका छन् ।
शाहले ट्रम्पलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंले हामीलाई हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने महसुस गराइदिनुभयो।’
नेपाल मात्र नभइ अमेरिका पनि गरिब रहेको बालेनको टिप्पणी छ । ‘हामी गरिब छौं किनभने हाम्रा जनता हाम्रो देश छोडिरहेका छन्,’ शाहले भनेका छन्, ‘तपाईं गरिब हुनुहुन्छ किनभने तपाईंका जनता तपाईंको देश बनाउन सक्दैनन् । तपाईंहरू अल्छी मानिसहरूलाई यसको लागि बाँकी विश्व चाहिन्छ।’
अमेरिकाले नेपाललाई दिएको सहयोग बन्द गरेको र उक्त सहयोग ठगी भएको ट्रम्पको भनाइ सार्वजनिक भएपछि मेयर शाहले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !