काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंसिर २७ गते देखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको अनुसार महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ ।
आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको महानगरले जनाएको छ । महानगरले एक सूचना जारी गर्दै प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न रोक लगाएको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !