काठमाडौ । नेपालको सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार चालु वर्षको सात महिनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले ऋण बढेको छ । यो ऋण दायित्व कुल ग्राहस्थ्य उत्पादनको ४५.७७ प्रतिशत हुन पुगेको छ ।
२०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ तिर्न बाँकी ऋण रहेको थियो । सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । हाल नेपालको जनसंख्या करिब २ करोड ९६ लाखलाई आधार मान्दा माघसम्ममा सरकारले लिएको ऋणसँग तुलनामा गर्दा प्रति नेपाली ऋणकोभार ८८ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !