काठमाडौँ। फाइनान्सियल एक्सन टास्कफोर्स एक्सन (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुपको मिटिङ आज सोमबारदेखि फ्रान्सको पेरिसमा सुरू हुने भएको छ। पछिल्लो एक वर्षदेखि सुक्ष्म निगरानीमा रहेको नेपालका लागि पनि ग्रे-लिस्ट का बारेमा निर्णय हुने भएको छ।
आजदेखि सुरू हुने प्लनेरीमा नेपालबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणिन्द्र गौतम र राष्ट्र बैंकका निर्देशक हरि नेपाल पेरिस गइसकेका छन्।प्लनेरीले नेपाललाई ग्रे-लिस्टमा राख्ने वा नराख्ने भन्ने विषयमा अन्तिम निर्णय लिनेछ। यदि ग्रे-लिस्टमा राखेको खण्डमा नेपालले फेरि सुक्ष्म निगरानीमा रहेर सुधारका प्रयास गर्नुपर्नेछ।
यद्यपि अहिलेसम्मको अवस्थाअनुसार नेपाल ग्रे-लिस्टमा पर्ने सम्भावना बढी भएको अधिकारीहरूले बताउने गरेका छन्। अहिलेसम्मको अवस्थाअनुसार मुलुक ‘ग्रे लिस्ट’बाट जोगिन कठिन भएको धेरैले बताउँदै आएका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !