काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो। घिमिरेलाई भने सरुवा गर्दै राष्ट्रपति कार्यालय पठाइएको छ ।
यसअघि उपाध्याय कर्णाली र बागमती प्रदेशका अर्थ सचिवको रूपमा काम गरिसकेका छन्। साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव र ललितपुर तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भूमिका समेत उनले निर्वाह गरिसकेका छन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !