काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले उल्लेख गर्न लायक काम गर्न नसकेपछि अध्यादेश ल्याएको आरोप लगाएका छन् । संसदमा बोल्दै उनले भने- ‘यो सरकारले गर्व गर्न लायक प्रगतीका काम केही गर्न नसकेपछि अध्यादेश ल्याउने काम गर्यो, राष्ट्रको प्रगतीको विवरण सुनाइरहँदा त्यत्तिकै भइरहेको जस्तो सरकारले गरेको छ । तर यो अहिलेको सरकारको शुरुवात होइन ।’
उनले अगाडी थपे ‘अहिलेको सरकार दुई तिहाईको बलमा असंगतीपूर्ण निर्णय जे मन लाग्छ त्यही गरिरहेकोछ, निरंकुश साशनको झल्को देखियो ।’ उनले सरकारले साँढे ६ महिनामा अघिल्लो सरकारले नै जग हालेको आयोजना ब्रेक थ्रु गरेको भनेर गर्व गर्दै हिँडेको आरोप लगाए । उनले भने ‘वास्तवमा मुलुकमा आय आर्जन रोजगार बढाउने कुनै काम भएको छैन । एक वर्षमा ८ लाख युवा विदेशिएका छन् । यो हिसावले हेर्दा गाउँ खाली भएको छ । एक वर्षमा २४ खर्ब रेमिट्यान्स आयो भनिएको छ, तर सदुपयोग भएको छैन ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !