काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा दुई वटा खेल हुने भएका छन् । पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी बीच प्रतिस्पर्धा हुने छ । दिउँसो १ बजे हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ ।
पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ ।
यस्तै, आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् । झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।
जारी लिगमा झापा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अङ्क जोडेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !