काठमाडौँ । खाद्य पदार्थ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले कम्पनीमा ग्लोबल कार्यकारी निर्देशक नियुक्त गरेको छ। खाद्य पदार्थसँग सम्वन्धित कम्पनीमा लामो समय काम गरेर अनुभव हाँसिल गरेका जी.पी.शाहलाई यशोदा फुड्सले शुक्रबार ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो ।
व्यवसायिक नेत्तृत्वमा यस अघि काम गरेर क्षमता प्रदर्शन गरिसकेका शाहलाई भित्र्याउँदा कम्पनीले नयाँ उचाई छुन सफल हुने कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । ‘हामीले अन्तर्राष्ट्रिय गुणस्तरको चाउचाउ तथा चिप्स्हरु नेपाली स्वादमा सुपथ मूल्यमा नेपालमै उपलब्ध गराई करोेडौँ रुपैयाँ बाहिरिन जोगाएका छौँ भने निर्यातमार्फत करोडौँ भित्र्याउन सफल भएका छौँ ।’,उनले भने ‘करेन्ट ब्राण्ड अहिले विश्वव्यापी बनेको छ ।’
त्यस्तै कम्पनीका निर्देशक मधुसुदन घिमिरेले शाहको नेतृत्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।कार्यक्रममा कम्पनीका नवनियुक्त ग्लोबल निर्देशक शाहले परिवर्तनशील बजारको स्वाद र चाहना अनुरुपको उत्पादनमा विशेष जोड दिएर कम्पनीका उत्पादनहरुको बजार बिस्तारलाई छिट्टै थप मजबुत र आक्रामक बनाउने प्रतिक्रिया दिए ।’ बजार र उपभोक्ता परिवर्तनशील छ, यस विषयलाई बुझेर काम गर्न सक्दा कुनै पनि ब्राण्डले सफलता पाउँछ,’ शाहले भने, ‘विगतका अनुभवले कम्पनीका युवा तथा उर्जावान टीमसँग मिलेर बलियो उद्योग बनाउने तर्फ मेरो ध्यान हुनेछ ।’
इन्जिनियर पृष्ठभूमिका शाहसँग विगतमा ५ वर्ष केडिया ग्रुपमा, २४ वर्ष चौधरी ग्रुपमा काम गर्नुका साथै लगभग दुई वर्ष भारतीय चर्चित कम्पनी अन्नपूर्ण स्वादिष्टमा काम गरेको अनुभव छ । शाहले आफ्नो उपस्थितमा कम्पनीलाई पाँच वर्षमा १० हजार करोड भोल्युमको बनाउने दृढता व्यक्त गरे ।
एफएमसीजीमा अग्रणी यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ नेपाली साथै विश्वबजारमा स्थापित बनेको छ । यसका अलावा कम्पनीबाट उत्पादित चिप्स्, कुरकुरे,मसला,पास्ता,पेय पदार्थ को पनि बजारमा उच्च माग रहेको छ । कम्पनीले भारत,जापान,क्यानाडा, अमेरिका, युरोप, खाडी मुलुक, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !