काठमाडौ । नेपालको जनसंख्याको ४३.६२ प्रतिशतमा बीमाको पहुँच पुगेको तथ्यांक बीमा प्राधिकरणले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म ४३.६५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको प्राधिकरणले जनाएको छ । गत आवको पुष मसान्तसम्म ४३.०५ प्रतिशत जनसंख्या बीमाको दायरामा थिए । यो म्यादि, लघु म्यादि र वैदेशिक राजेगार जीवन बीमालेख सहितको विवरण हो ।
यी बाहेक भने १६.८१ प्रतिशत जनसंख्या बीमाको दायरामा छन् । हाल १४ जीवन बीमा, १४ नीर्जिवन बीमा, २ पुर्नबीमा र सात लघुबीमा सहित ३७ ओटा बीमा कम्पनीहरु रहेका छन् । यीनीहरुको कार्यालय संख्या ३ हजार २ पुगेको छ । जसमा जीवन बिमातर्फ १ हजार ८४४ र नीर्जिबन बीमातर्फ १ हजार १५८ वटा रहेको छ । जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ५ हजार ९२६ रहेको छ भने नीर्जिबन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या ५ हजार ९७५ रहेको छ । यसआधारमा हेर्दा बीमा कम्पनीमा ११ हजार ४ सय ९८ जना कर्मचारी कार्यरत छन् ।
पुषमसान्तसम्म १ करोड ४० लाख ४१ हजार ३५३ सक्रिय जीवन बीमालेख जारी भएको छ । यस्तै १५ लाख ५७ हजार नीर्जिवन बीमालेख संख्या रहेको छ । बीमा कम्पनीहरुले ६ महिनामा १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत वर्षको यसै अवधि भन्दा ९.४२ प्रतिशतले बढी हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !