काठमाडौँ । यो साताको चौथो दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः १.६८ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज ७ अर्व रुपैयाँ बराबरको किन-बेच भएको छ । जसमा १६१ कम्पनी बढेका छन् भने ७८ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यो दिन पनि बोटलर्स नेपाल बालाजुको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार हिमाल दोलाखा हाइड्रोपावर रह्यो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !