काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसद पौडेलको २७ वटा शाखा कार्यालयको डिजिटल उद्घाटन गरे्का छन् । अर्थमन्त्री विष्णुप्रसद पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन पनि गरे ।
कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सृजनामा अगाउन आग्रह गर्दै औसत कार्य भन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे । उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरु बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिए ।
६० औं वार्षिककोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन पनि गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोह आवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्ताव प्रति राष्ट्र बैंक उदार रहेको उल्लेख गरे ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र भनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताऐ । उनले यस बैंकले सुन खरीद बिक्री गर्ने कार्य समेत शुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै हामिले भर्खरै आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पौष २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए । २०८१ पौष मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट रु.२ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । पौष मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको छ । कार्यक्रममा पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्की, बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गरेमन थिए ।
यसैबीच बैंकको ६०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसरबाट ूवित्तीय साक्षरताका लागि प्रभातफेरीू कार्यक्रमको आजै बिहान आयोजना गरिएको छ । आज भन्दा ६० वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसँग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४६ लाख भन्दा बढी पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २९४ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।
कार्यक्रममा बैंकका शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !