काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर वातप्को रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वापतको रकम जम्मा गर्न भनेको हो ।
उक्त बोनस शेयर कम्पनीको गत असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो । साविकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट २०७९ साल चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो । आयकर ऐन २०५६ को व्यवस्था बमोजिम गाभिएको मितिमा कायम रहेका शेयरधनीहरुलाई गाभिएको मितिबाट दुई वर्षसम्म लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ ।
एकिकृत कारोबार मितिपश्चात् कायम शेयरधनीहरुले बोनस शेयर वापत् लाग्ने ५ प्रतिशत रकम र्बैक खातामा जम्मा गरी सोको भौचर स्क्यान गरी कम्पनीलाई उपलब्ध गराएपछि बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको एनएमबि बैंकको बबरमहल, काठमाडौं शाखामा रहेको ९९०००५३६६७८००१७३ खातामा बोनस शेयरमा लाग्ने कर वापत्को रकम जम्मा गर्नुपर्ने भएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !