काठमाडौं । सरकारलाई निर्माण सम्पन्न गरे बापतको रकम भुक्तानी दिलाउन दबाब दिने उद्देश्यका साथ निर्माण व्यवसायीहरुले आन्दोलनको तयारी गरेका छन् । निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नपाएको विषयलाई लिएर आन्दोलनको तयारी गरेका हुन् ।
आन्दोलनको कार्यक्रम शनिबार तय हुने भएको छ । उक्र दिन राष्ट्रिय भेलाको मिति तय भैसकको छ । राष्ट्रिय भेलालले आन्दोलनको विषयहरु टुंग्याउने र त्यसपछि आन्दोलन सुरु गर्ने नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको छ ।
निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरे बापत लामो समयदेखि आयोजनाहरूको भुक्तानी नपाएको, सिमेन्ट सहितका निर्माण सामग्रीमा कार्टेलिङ तथा कालोबजारी गरी भइरहेको विषयलाई आन्दोलनमा प्रस्तुत गरिने महासंघले बताएको हो ।
अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थपको समस्या, राष्ट्र बैंकबाट निर्माण उद्योगले पाएको सहुलियत खारेजी लगायतका विषयमा समेत विरोध हुने भएको हो ।आन्दोलन तथा विरोध कार्यक्रम सम्बन्धित सरकारी निकायहरूलाई केन्द्रित हुने छ । त्यसको लागि जिल्लाका व्यवसायीहरुलाई बोलावट भैसकको बताइएको छ ।
शनिवार राष्ट्रिय भेला नै आयोजना गर्ने र दबाबमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छलफल गरी निष्कर्षमा पुग्ने ताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !