काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से भारी अंकले बढेको छ। आज नेप्से परिसूचक ४९ . १२ विन्दुले बढेर २६४०.६८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.८९ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । सोमबार सर्वाधिक बढ्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । त्यस्तै सबै भन्दा कम बढ्ने उपसमूहमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक ० . ४६ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक बढेसंगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ८६ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार पाँच सय ४० पटकको कारोबारमा छ अर्ब ३० करोड बराबरको किनबेच भएको छ । जसमा २२६ कम्पनीका शेयर बढेका छन् भने १२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी चार कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा उपकार लघुवित्त, सामुदायिक लघुवित्त रह्यो जसको शेयर समान दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एन आर एन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रह्यो जसको २९ करोड नौ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज फर्स्ट म्युचुवल फण्ड रह्यो जसको दश लाख ०५ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !