काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत यो रकम तान्न लागेको हो । केन्द्रिय बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तिय संस्थाले बोलकबोल मार्फत निक्षेप रकम आव्हान गर्न सक्नेछन् । यो निक्षेपको साँवा ब्याज भुक्तानी माघ १३ गते हुनेछ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !