काठमाडौँ । सरकारले ‘ऊर्जा मार्गचित्र– २०८१’ पारित गरेको छ। पुस १६ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा ‘ऊर्जा मार्गचित्र– २०८१’ पारित गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काका अनुसार उक्त मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। जसका लागि ४६।५ खर्ब अमेरिकी डलर ९६२ खर्ब र ३१ अर्ब नेपाली रुपैयाँ० बराबरको लगानी हुने उल्लेख छ।
मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा र जलाशययुक्त ७ वर्षमा निर्माण सक्ने लक्ष्य छ । त्यस्तै सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुर्याइने उल्लेख छ ।
गत वर्ष नै सो मार्गचित्र स्वीकृतिको लागि मन्त्रिपरिषदमा पुगे पनि मन्त्रिपरिषद्कोको पूर्वाधार समितिबाट फर्किएको थियो । त्यसपछि ऊर्जा मन्त्रालयले मार्गचित्रमा केही विषय फेरबदल गरेर पुनस् स्वीकृतिका लागि पठाएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !