काठमाडौँ । नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो ।
दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गराएकी हुन् ।
दर्तामा उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !