काठमाडौँ । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसुचक ३३.०८ अङ्कले घटेर २५७६.५० विन्दुमा बन्द भएको छ ।आज १३ उपसमूह मध्ये २ उपसमूह बढेको छ भने ११ उपसमूह घटेको छ। दिनभर ५ अर्ब ६७ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ। यस दिन ३१७ कम्पनीको १ करोड ३१ लाख सेयर कारोबार भएको छ।
आज नेप्से ३३.०८ अङ्कले घट्दा २९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा नाडेप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) , रसुवागढी हाइड्रोपावर, र नेपाल पुनर्बीमा कम्पनी रहेको छ।
आज नेप्से ३३.०८ अङ्कले घट्दा २१२ कम्पनीको सेयर मूल्य घटेको छ। धेरै घटनेमा पोखरा फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, नारायणी विकास बैंक, र गुहेश्वोरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !