काठमाडौ । माथिल्लो तामाकोशी हाइड्रोपावरले नेपाल स्टकएक्सचेन्जलाई आफुहरुले पुन विद्युत उत्पादन शुरु गरेको जानकारी पत्रमार्फत गराएको छ । तामाकोशीले मर्मत सम्भार गरेर पुस ९ गते बेलुबाबाट विद्युत् उत्पादन सुरु गरेको जनाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित अपर तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा ठूलो क्षति पुर्याएको थियो ।
माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा कारोबार हुने भएकाले उसले आम लगानीकर्ताको जानकारी र नेप्सेलाई जानकारी दिनका लागि पत्र पठाएको बताएको छ । अपरको दोस्रो बजारमा सेयर मूल्य २ सय रुपैयाँ भन्दा बढी छ । यसको दोस्रो बजारमा २१ करोड १८ लाख कित्ता सेयर सुचिकृत छ । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो माथिल्लो तामाकोशी ४५६ मेगावाटको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !