काठमाडौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा सोमबार साँझ सम्म मागभन्दा ४१.३५ गुणा बढी आवेदन परेको छ । सोमबार साँझसम्ममा यस कम्पनीको एफपीओमा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।
यस लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गरेको छ । आवेदन दिने आज ( पुस ९ गते मंगलबार) अन्तिम दिन हो ।
कम्पनीले पुस ५ गतेदेखि एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !