काठमाडौं । सरकारले ट्रेजरी बिल मार्फत १७ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी चैत १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ पुस ८ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि पुस १ गते कार्यालयले १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !