काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष गणेश कार्कीले सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत सेयर बेच्न पाइँदैन भनेर लगाम लगाउन खोजेको बताएका छन् । बिहीबार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्।
उनले भने- ‘सरकार विद्युत उत्पादनमा लगानी आवश्यक भन्छ तर सरकारका निकायहरु रोक्ने काम गरेका छन्। नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्राकमा हिँड्नुपर्ने बेला आएको छ।’भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताएका छन्।
उनले भने, ‘विद्युत उत्पादनको लागि पीपीए रोकेर बसेको छ। २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक छ। स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने हुन्छ।
अध्यक्ष कार्कीले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारका निकायहरु रोक्ने काम बन्द गर्न आवश्यक रहेको बताए। उनले नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्याकमा हिँड्नुपर्ने बेला आएको उल्लेख गरे।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !