काठमाडौ । मंसिर महिनामा घरजग्गा कारोबार बढेको छ । कारोबार बढेसँगै यो क्षेत्रबाट उठ्ने राजस्वमा पनि बृद्धि भएको छ । कात्तिक महिनाको तुलनामा मंसिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ। मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। जबकी कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । यस आधारमा पनि मंसिरमा घरजग्गा कारोबार बढेको देखिन्छ ।
गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा पनि यो वर्ष मंसिरमा ३.६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ। गत वर्ष मंसिरमा देशभर ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो। घरजग्गा कारोबारमा आएको मन्दीकै कारण सरकारको ठुलो राजस्व गुमेको टिप्पणी भइरहेको बेला मंसिरमा भने घरजग्गा कारोबारमा बढोत्तरी भएको छ । अर्थतन्त्रमा समस्या आउनुको एउटा कारण घरजग्गा कारोबारको मन्दीलाई मानिदै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !