काठमाडौं । गोरखा पुगेका नेकपा (एमाले) का अध्यक्ष ओलीले शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आइपुगेका अध्यक्ष ओलीले शनिबार गोरखामा आयोजित अन्तरक्रियामा सो कुरा बताएका छन् ।
ओलीले अझै केही समयसम्म नेपालले बुढीगण्डकी आयोजना आफैले बनाउन सक्ने सम्भवना नरहेको र कुनै देशलाई दिएर भए पनि तत्काल यसको काम गर्नुपर्ने उनको जोड छ । अहिले राज्यकोषबाट ७६ अर्ब मुआब्जा दिइसकेकाले बुढीगण्डकी जसरी पनि बनाउनुपर्ने जोड दिएका छन् ।
सोही कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार चीनले दिएको सहयोग लिन पनि डराएको बताउनुभयो । ‘चीनले लुम्बिनी र पोखरामा एयरपोर्ट बनायो तर चल्न दिइएको छैन, चल्न पाउँदैन भनेर भित्र–भित्र के खेल हुँदैछ थाहा छैन । एयरपोर्ट चलाए भारत रिसाउँछ भन्ने सुनिन्छ’ अध्यक्ष ओलीले भनेका छन् ।
ओलीले बनेको एयरपोर्ट सञ्चालन गरी चीन र भारतबाट पर्यटक ल्याउन सके नेपालको धेरै विकास हुने विश्वास व्यक्त गरेका छन्। बनेका संरचनाको सदुपयोगका लागि सरकारले पहल लिनुपर्ने उनले सुझाव दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !