काठमाडौं । विश्व क्रिकेटका हस्ती क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । नेपालमा हाल चलिरहेको एनपीएल क्रिकेट हेर्न लारा छोरीको साथ आइपुगेका हुन् । उनलाई क्रिेकेट एसोसिएसन नेपााल क्यानका पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । लारा तीन दिन नेपालमा रहनेछन् ।
लाराले क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन्। टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ। उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन्। उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए। उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए। उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !