काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ ।
साइबर ब्युरोले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको हो ।सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा ९१० अनुसार सजाय माग गरेको छ । त्यस्तै, उपदफा ९२० अनुसार बारम्बार अपराध गरेको ठहर भएपछि थप सजायको माग गरिएको छ।
प्रसाईंविरूद्ध एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। यसैगरी, बारम्बार अपराध दोहोर्याएको आरोपमा डेढी सजायसमेत माग गरिएको छ । फर्जी कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले सुरुमा उनलाई साइबरसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान थालेको थियो ।
त्यसैगरी भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई प्रसाईंले नै धम्क्याउन लगाएको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले निकालेको छ।
व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंनिकट हरिचन्द्र फुँयालले उक्त कामका लागि आफूले ५ लाख रुपैयाँ लिएको पनि बयान दिएका छन्।
‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन्’, प्रहरीसँगको बयानमा उनले भनेका छन् । तर, प्रसाईंले बयानमा उक्त कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आपराधिक लाभसम्बन्धी कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !