काठमाडौ । मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार करिब १६ हजार रुपैयाँले घटेको सुनको भाउँ मंगलबार २ हजार ६ सय रुपैयाँले घटेको छ । यो सँगै आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज यहि मूल्यमा कारोबार भइरहेको जनाएको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । यस्तै चाँदीको भाउ पनि आज प्रतितोला २५ रुपैयाँ घटेर तोलाको १ हजार ८२० रुपैयाँ कायम भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !