काठमाडौँ । सत्तासिन दल नेकपा एमालेले आज गरेको जागरण जुलुसका कारण उपत्यकाका मूख्य चोक गल्ली जामको मारमा परेका छन् । शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन स्वरुप गरिएको भनिएको जुलुस तथा प्रदर्शनका कारण शहरका सडक जाममय बन्न पुगेका हुन् । जसले सर्वसाधारणलाई सास्ती भएको छ। दरबारमार्ग, भद्रकाली सुन्धारा रत्नपार्क हुँदै पुनः दरबारमार्गमा गएर टुंगिने प्रदर्शनका कारण आज बिहानै देखि सडक प्रभावित बन्न पुगे । सर्वसाधारण नागरिक चढेका सवारी र बिरामी बोकेका एम्बुलेन्स् समेत घण्टौँ जाममा परेका छन् ।
सत्तामै भएको दलले शक्ति प्रदर्शनको नाममा सर्वसाधारणलाई दुःख दिने काम भएको सर्वसाधारणको गुनासो छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार चलिरहेका बेला यसरी विभिन्न नाममा सडक प्रदर्शन तथा सभाहरू हुनाले आफूहरूको दैनिकी प्रभावित भएको सर्वसाधारणको भनाई छ । दरबारमार्गमा टुंगिने प्रदर्शनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !