एजेन्सी । भारतीय सेयर बजारमा नयाँ अल टाइम हाई रेकर्ड कायम भएको छ । बिहीवार भारतीय शेयर बजार मापक परिसूचक सेन्सेक्स ७० हजार विन्दुमथि उक्लिएको हो ।‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै इतिहासकै उच्च विन्दुमा बन्द भएका छन् । बिहीबार सेन्सेक्स ९२९ अंकले बढेर इतिहासकै उच्च ७०,५१४ विन्दुमा बन्द भएको छ ।यता, अर्को सूचक निफ्टी पनि नयाँ उचाईमा बन्द भएको छ ।
यो सूचक २५६ अंकले बढेर हालसम्मकै उच्च २१,१८२ विन्दु बन्द भएको हो । इन्ट्रा डे कारोबारमा सेन्सेक्स ७०,५९५ र निफ्टी २१,२०८ को अल टाइम हाई विन्दुसम्म पुगेका थिए ।अमेरिकी फेडरल रिजर्भको पछिल्लो बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।यद्दपि, आगामी वर्षमा ब्याजदर क्रमिकरुपमा कटौती गर्दै लैजाने संकेत गरेपछि भारतीय सेयर बजारमा पनि उत्साह देखिएको हो ।
फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने संकेत गरेपछि अमेरिकी सेयर बजारमा पनि उछाल आएको थियो । बिहीबार भारतीय सेयर बजारमा उच्च वृद्धि हुँदा लगानीकर्ताको सम्पति एकै दिनमा ४० खर्ब भारतीय रुपैयाँले वृद्धि भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
बिहीबार बजारमा सबैभन्दा धेरै बैंकिङ र आइटी सेक्टरका शेयरमा तेजी देखिएको थियो। जसका कारण सूचकले अहिलेसम्म कै सबैभन्दा माथिल्लो उचाइ चुमेका हुन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !