काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशतको दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको छ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने भएको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !