काठमाडौ । नेपालको सार्वजनिक ऋण बढेर २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ८३ अर्ब ९६ करोड रुपैयाँ ऋण थपिएसँगै नेपालको ऋणले २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ नाघेको हो । यो सँगै नेपालको सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादनको ४४.१४ प्रतिशत पुगेको छ ।
असोज मसान्तको तुलनामा विनिमयदरमा भएको परिवर्तका कारण कात्तिकमा केही ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ । असोज मसान्तको तुलनामा सार्वजनिक ऋण ४ अर्ब ९८ करोड रुपैयाँले घटेको हो । सरकारले चालु आर्थिक वर्ष ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउँने लक्ष्य लिएको छ । कात्तिक मसान्तसम्म १ खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण ३०.३० प्रतिशत हो । तर सरकारले त्यही प्राप्त भएको ऋणले कात्तिकसम्ममा १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ ऋणको साँवा ब्याज भुक्तानी गरेको छ । यसले ऋण लिएर सरकारले ऋण तिरेको देखाउँछ ।
सरकारले चालु आवका लागि ऋणको सावा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यो भनेको विनियोजित बजेटको तुलनामा २६.८४ प्रतिशत हो । कात्तिक मसान्तसम्म आन्तरिक ऋण १ खर्ब ४४ अर्ब उठाएको सरकारले यो अवधिमा २१ अर्ब ७२ करोड रुपैयाँ मात्र उठाएको छ । चालु वर्ष सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब आन्तरिक ऋण उठाउँने लक्ष्य लिएको छ । लक्ष्यको तुलनामा आन्तरिक ऋण ४३.६४ प्रतिशत उठिसकेको छ भने बाह्य ऋण १०.०१ प्रतिशत मात्र उठेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !