काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले नेपाली समुदायलाई छोटा लुगा लगाएर सार्वजनि स्थलमा नजान सतर्क गराएको छ । दुतावसले विज्ञप्ति नै निकालेर सार्वजनिक स्थलमा हाफप्यान्ट, धातुको सिक्री, ब्रासलेट लगाएर जाँदा धेरै नेपालीहरु प्रहरी कारबाहीमा परेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, साउदीको कानुनले सार्वजनिक स्थानमा छोटा हाफप्यान्ट लगाएर हिँड्न, प्रार्थनाको समयमा ठूलो आवाजमा गीत बजाउन, सार्वजनिक स्थलमा थुक्न, ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई छुट्याएको स्थान ओगट्न, लाइन मिच्न, तडकभडक देखिने पोशाक लगाउन निषेध गरेको छ । सार्वजनिक मर्यादाविपरीतको यस्ता कार्य गरेमा पाँच हजार साउदी रियाल र अन्य थप सजाय हुनसक्ने व्यवस्था छ ।
त्यस्तै, सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने काम गर्न नपाइने व्यवस्था उक्त देशको कानुनमा छ । अरुलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा साउदीको समाजलाई अप्रिय लाग्ने जस्ता गतिविध गर्न नपाइने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !