काठमाडौँ। हिमालयन पावर पार्टनरले ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।
कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले सहबित्तिकरण बैंकहरुको ऋण भुक्तानीको प्रयोजनार्थ सो अनुपातमा शेयर निष्कासन गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगको सहमति लिए पश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्न सक्नेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !