काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको छ ।गत मंसिर २२ गतेबाट निरन्तर घटेर बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो ।
बिहीबार प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा बिहीबार १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !