काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गरेका छन् ।
मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त उद्घोष गरेका हुन् ।मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको आरोप लगाए ।
उनले भने ,पहिला राजनीति गर्ने व्यक्तिहरु बलिया थिए अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु ।मन्त्री पाण्डेले चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले आफुलाइ मान मर्दन गर्ने तथा आत्मबलाई गिराउने गरी काम गरिरहेका बताए। मन्त्री पाण्डेले पशुपति नाथको मन्दीरलाई साक्षी राख्दै भने, ‘म यो पशुपति नाथको मन्दिर अगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर, केही विचौलीयाका मतियारहरुले आरोप लागएका छन् , कारोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडी आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु ।’
उनले आफू स्वार्थ समूहका मतियार र विचौलियाहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने बताए । उनले देश र राष्ट्रको हितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रष्ट पारे ।कुन व्यक्तिले राजनीतिलाई दूरुपयोग गरिरहेको छ ? कुन व्यक्तिले राजनीतिलाई सदूपयोग गर्नु भएको छ भन्ने प्रश्न गर्दै पाण्डेले बाल्मिकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदा समेत आफ्नो जीवनशैलीमा कुनै परिवर्तन नआएको दाबी गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !