काठमाडौ । बुद्ध एयरको जहाजले एउटा पांग्रा जनकपुरमै छोडेर काठमाडौ आएको घटना सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा जनकपुरमै छुटेको थियो तर जहाजलाई यो विषयमा थाह्रै भएन । बुद्ध एयरको एटीआर ७२ जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।
जनकपुर विमानस्थलबाट ४ः३९ बजे उडेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः५ मा अवतरण गरेको थियो। अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ (नोज ल्यान्डिङ गेयर) एउटामात्र पाङ्ग्रा देखिएको थियो।जहाजमा चालक दलबाहेक ६२ जना यात्रु रहेका थिए। बुद्ध एयरले जहाजका सबै यात्रु सुरक्षित रहेको र प्राविधिक गढबढी देखिएकोले उक्त जहाज टेक्निकल टिमलाई हस्तान्तरण गरेको व्टिटर मार्फत जानकारी दिएको छ । यस विषयमा नागरिक उड्डयन प्राधिकरणले पनि छानबिन शुरु गरेको जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !