काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा परिवार मुलीको शैक्षिकस्तर बढ्न जाँदा गरिबी दर पनि घट्दै गएको दाबी गरेको छ । तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/०८० लाई आधार बनाएर परिवार मुलीले हाँसिल गरेको शिक्षाको स्तर बढ्न जाँदा नेपालमा गरिबी दर घट्न पुगेको दाबी गरेको हो ।
सार्वजनिक तथ्यांक अनुसार परिवार मुली निरक्षर भएकाहरुको गरिबीदर ३२ दशमलव ३२ प्रतिशत रहेको छ । त्यस्तै स्नातक तह वा सो भन्दा माथिल्लो शैक्षिक डिग्री लिएकाहरुमा गरिबी दर ० दशमलव ४४ प्रतिशत रहेको देखिएको छ । त्यसैगरी आधारभुत तह पास नगरेकाहरुको हकमा गरिबी दर २० दशमलव ६५ प्रतिशत, आधारभुत तह पास गरेकोहरुमा १३द शमलव ७ प्रतिशत,माध्यामिक तह पास नगरेको हरुकोमा १२ दशमलव ६५ प्रतिशत,माध्यामिक तह पास गरेकाहरुमा ७ दशमलव ०८ प्रतिशत गरिबी दर रहेको तथ्यांक सार्वजनिक भएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !