काठमाडौँ। लगातार तीन दिनदेखि घटेको नेप्से, आज भने दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.०४ प्रतिशतले बढेको हो ।
नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार चार अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३०७ स्टकको ५८ हजार पाँच सय ५२ पटकको कारोबारमा पाँच अर्ब ३४ करोड रुपैयाँ बराबरको एक करोड चार लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा २१३ वटा कम्पनीको शेयर बढेको छ भने २८ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै दुई वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहका परिसूचक बढेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ३ .४६ प्रतिशतले बढेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स उपसमूहको १.८४ प्रतिशत, हाइड्रोपावर उपसमूह १. ५८ प्रतिशत, विकास बैंक उपसमूह १.५७ प्रतिशतले बढेको छ। आज सबै भन्दा कम बढ्ने उपसमूहमा बैंक रह्यो जसको परिसूचक ०.३६ प्रतिशतले बढेको छ ।
सोमबार सर्वाधिक बढ्ने स्टकमा रावा ज्योती फाइनान्स र डोलटि पावर कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ६.०२ प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको ३३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा बरुण हाइड्रोपावर रह्यो जसको ३ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !