काठमाडौ । असोज महिनामा सरकारले सेयर कारोबारबाट पाउने राजस्वमा गिरावट आएको छ । लगानीकर्ताले सरकारलाई असोज महिनामा ५८ करोड ६५ लाख ४० हजार ४ सय ६५ रुपैयाँ बराबरको पुँजीगत लाभकर तिरेका छन् । यो भदौको तुलनामा ७७ प्रतिशत कम हो । जबकी भदौमा लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख र साउनमा ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । सेयर बजारले असोज महिनामा राम्रो पिकअप लिन सकेको थिएन भने यति बेलै दशैका कारण सेयर बजार केही दिन बन्द भयो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार तीन महिनाको अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । असोजमा आएर पुँजीगत लाभकर ह्वात्तै घट्यो । अल्पकालिन (१ वर्षसम्म धितोपत्र होल्ड गर्ने ) लगानीकर्ताले सेयर नाफामा बिक्री गर्दा सरकारलाई ७.५० प्रतिशत र दीर्घकालिन (१ वर्ष भन्दा धेरै समय धितोपत्र होल्ड गर्ने) लगानीकर्ताले सेयर नाफामा विक्रि गर्दा ५ प्रतिशत पुँजीगत लाभकर बुझाउनु पर्ने व्यवस्था छ । सामान्यतया बजार बढ्दा पूँजीगत लाभकर बढ्ने र घट्दा घट्ने गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !