काठमाडौं । तीन दिनका लागि मनकामना केबलकारको सेवा संचालनमा रोक लगाइने भएको छ । यही असोज २९ गतेदेखि तीन दिनसम्म सेवा संचालनमा रोक लगाइने भएको हो।
यस अघि पनि नवमी, दशमी र एकादशीको सेवा रोकिएको थियो भने त्यति बेला आवतजावत गर्ने नागरिकहरुको संख्या कम हुने र दशैका कारण कर्मचारीहरु समेत पर्व बिदामा हुने भएकाले सेवा रोकिएको थियो । तर, यसपटक भने विदेशी र स्वदेशी पर्यटकहरुको संख्या कमी हुने कारण नभई मर्मत सम्हारका लागि सेवा रोकिने भएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ।
कम्पनीका अनुसार मर्मतका लागि नयाँ तार फेर्ने, पुराना लठ्ठाहरुलाई छोट्याउने तथा अन्य आवश्यक कामहरु गर्ने तालिका तय भएको छ । सो कामका लागि देशमा जनशक्ती अभाव रहेको भन्दै विदेशबाट प्राविधिकहरु झिकाउनु पर्ने कठीनाई रहेको समेत कम्पनीले जानकारी दिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !