काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ । निगमले भोली आइतबारदेखी लागु हुनेगरी पेट्रोल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलको मुल्यमा १ रूपैयाँ घटाएको छ । काठमाडौं उपत्यकामा अब पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको १ सय ५४ रुपैया कायम भएको छ ।
उता आन्तरिक हवाई इन्धनको मुल्य पनि प्रतिलिटर ५ रूपैयाँले घटाइएको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रति किलोलिटर ३७ डलरले घटाइएको छ ।
निगमले खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर ३५ रूपैया बढाइए पनि हाल लागु गरिएको छैन । खाना पकाउने ग्यासको बिक्रि मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको भनिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !